मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

संखुवासभामा :
अखिल रनिङ शिल्ड हाजिर जवाफ प्रतियोगिता हुने

Sankhuwasabhapress 613+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

संखुवासभा । संखुवासभामा रहेका ७५ वटा माविलाई समेटेर जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता हुने भएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी संखुवासभाको आयोजनामा ३ बर्षे अखिल रनिङ शिल्ड हाजिर जवाफ प्रतियोगिता हुने भएको हो । 'चेतनशिल नागरिकको काधमा राष्ट्र विकास, विद्यार्थीको बौद्धिक क्षमता वढाउने अनेरास्ववियुको प्रयास' भन्ने मुल नाराका साथ प्रतियोगिता हुने प्रतियोगिताका संयोजक विवश खत्रीले पत्रकार सम्मेलनमा वताए।

संखुवासभामा रहेका ७५ वटा माविलाई विभिन्न ९ समुहमा विभाजन गरेको छनौट गरी प्रदेश निर्वाचन क्षेत्रिय सेमिफाईन प्रतियोगिता माघको २२ गते सरस्वती मावि चैनपुर र २३ गते हिमालय मावि खाँदबारीमा हुनेछ । सेमिफाईनलबाट ४–४ वटा समुह छनौट गरी फाल्गुण ९ गते हिमालय मावि खाँदबारीमा फाईनल प्रतियोगिता हुने अनेरास्ववियु केन्द्रीय सदस्य तथा संखुवासभा जिल्ला ईञ्चार्ज अनुप चापागाईको अवधारणा अनुसार समुह विभाजन गरिएको खत्रीले जानकारी दिए । 

यो प्रतियोगितमा प्रथम हुने विद्यालयलाई २१ हजार नगद सहित ३ बर्षे रनिङ शिल्ड, मेडल प्रमाणपत्र, दितिय हुने विद्यालयलाई १२ हजार नगर, शिल्ड, मेडल र पमाणपत्र साथै तृतिय स्थान हासिल गर्ने विद्यालयलाई नगर ७ हजार ५ सय नगद, शिल्ड, मेडल र पमाणपत्र वितरण गर्ने अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष सञ्जय ओझाले बताए । 

यो प्रतियोतामा सोधिने प्रश्नहरुको पाठ्यक्रम आयोजनकले पत्रकार सम्मेलन मार्फत जानकारी छ । उक्त पाठ्यक्रम अनुसार माध्यमिक तहको पाठ्पुस्तकबाट २० प्रतिशत, राजनीतिबाट १० प्रतिशत, आईक्युबाट १० प्रतिशत र सामान्य ज्ञानबाट ६० प्रतिशत प्रश्नहरु रहनेछन् । 

यसै गरि ९ समुहमा विभाजन गरिएको छनौट केन्द्र र उक्त विद्यालयमा पर्ने  विद्यालयहरुको नामावली सार्वजनीक गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार