मुख्य समाचार
शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न |

तरुण दल :
सभापोखरी तरुण दलको अध्यक्षमा लिम्बू निर्वाचीत

Sankhuwasabhapress 614+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

संखुवासभा । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको सभापोखरी गाउँपालिका कार्य समितिको पाँचौ अधिबेसनबाट अध्यक्षमा प्रेमकुमार लिम्बू निर्वाचीत भएका छन् ।

सोमबार सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारमा आयोजित पाँचौ पालिकास्तरीय अधिबेसनले लिम्बूको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षद्धय जीवन पन्त र जमुना राई, सचिव प्रसिद्ध श्रेष्ठ, सहसचिव (समावेशी) सञ्जय गुरुङ, सहसचिव प्रकाश मगर र कोषाध्यक्ष रञ्जिता लिम्बू चयन भएका छन् । त्यसैगरि सदस्यहरु शम्बु राई, अम्बरबहादुर राई, युएस राई, महेन्द्र घले, गोपाल दर्जी, राजन लोहोरुङ राई, विमल राई, मन्जिता राई, मनु लिम्बू (मनोज), युवराज राई, जयराम राई, राकेश राई र प्रनिल वनेम रहेका छन् । 

उक्त अधिबेसनमा प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला सचिव तथा नेपाल तरुण दलका संखुवासभा अध्यक्ष टकमान घले रहेका थिए । अधिबेसनको उद्घाटन गर्दै प्रमुख अतिथी घलेले लोकतन्त्र स्थापनाका लागि तरुण दलले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै तरुण दल नेपाली कांग्रेसको सबैभन्दा महत्वपूर्ण तरुण दस्ता भएको बताए । 

पार्टीको हर दुःख सुखमा तरुण दलले साथमा साथ र हातमा हात राखेर संग–संगै अघि बढ्ने गरेको पार्टी सचिव तथा तरुण दल अध्यक्ष घलेको भनाइ थियो । 

उक्त अधिबेसनमा अतिथीहरु सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बू, कांग्रेस नेता शेरबहादुर बन, किसान महासंघका केन्द्रीय सदस्य विमन पराजुली, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य विकास राई, जिल्ला सहसचिव सुवास कालाखेती र कांग्रेसका जिल्ला सदस्य विवेक घले लगायतको अतिथीहरु रहेका थिए । 

तरुण दल सभापोखरीका अध्यक्ष जीतमान घलेको अध्यक्षतामा भएको अधिबेसन कार्यक्रम प्रसिद्ध श्रेष्ठले संचालन गरेका थिए । 

सभापोखरीको तरुण दल सक्रिय रहेको छ । उक्त समितिले यसअघि पनि पालिकास्तरीय भलिवल, सार्वजनिकस्थल, बाटोघाटो र पाटीपौवाहरुको सरसफाई लगायतको विभिन्न रचनात्मक कामहरु गर्दै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार