मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

बरुण नदी :
पवित्र धार्मिकस्थल ‘बरुण नदी बचाउ अभियान’

Sankhuwasabhapress 612+ समाचार ( )
११ भाद्र २०८२, बुधवार

संखुवासभा । पूर्वी पहाडी तथा हिमाली जिल्ला संखुवासभाको पवित्र धार्मिक तीर्थस्थल ‘बरुण नदी बचाउ अभियान’ मा सरोकारवालाहरु अघि बढेका छन् ।

संखुवासभाको भोटखोला गाउँपालिका–४ मा रहेको ऐतिहासिक धार्मिक महत्व बोकेको वरुण नदीबाट विद्युत् उत्पादन गर्ने भएपछि स्थानीय सरोकारवालाहरु ‘बरुण नदी बचाउ अभियान’मा जुटेका हुन् । हिन्दु र बौद्धहरुको धार्मिक तीर्थस्थल मानिने बरुण नदीमा विद्युत् उत्पादन गर्न लागेपछि त्यसको विरोधमा स्थानीय तथा सरोकारवालाहरु बरुणलाई ‘भर्जिन’ राख्नुपर्ने माग सहित अघि बढेका हुन् ।

हिमालय भोटे समाजका अध्यक्ष मिथुन भोटेले कुनै पनि हालतमा बरुण नदीमा जलविद्युत् बनाउन नहुने बताए । उनले बरुण जस्तो पवित्र नदीमा हाइड्रोपावार बनाउँदा त्यहाँका स्थानीय आदिवासी जनजातिको उद्गमस्थल मासिनुका साथै धार्मिक तथा सांस्कृतिक पहिचान माथिको ठाडो आक्रमण भएको बताए । 

हिमालय भोटे समाज बरुण नदी बचाउ अभियानमा लागि रहेको अध्यक्ष भोटेको भनाइ छ । उक्त समाजले आदिवासी जनजाति आयोग पुल्चोक ललितपुरमा गत ४ साउनमा निवेदन पेश गरेका थिए । आयोगका अध्यक्ष रामबहादुर मगरको अध्यक्षतामा ८ भदौमा बसेको बैठकले बरुण नदीमा विद्युत् उत्पादन गर्न प्रस्तावित १३२ मेगावाटको इमपीक इनर्जी प्रालिले संचालन अनुमति प्राप्त गरेपनि तत्काल काम नगर्न/नगराउन भनी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पत्राचार गरेको छ । 

बरुण नदी बचाउ अभियानमा हिमालय भोटे समाजका साथै उत्तरमान राई अध्यक्ष रहेको बरुणधाम संरक्षण नागरिक समिति, सोनाम भोटे संयोजक रहेको भोटे राष्ट्रिय मुक्ति मोर्चा र लाक्पा आङजुक सिङसावा (ल्होमी सिङ्सा कल्याण केन्द्र) लगायतका भोटखोलाका विभिन्न सराकोरावाला समुहहरु लागि रहेका छन् । उनीहरुले स्थानीय वडा सरकार देखि स्थानीय तह हुदैं जिल्ला समन्वय समितिमा समेत निवेदन पेश गरेका छन् । जिल्ला समन्वय समिति ४ साउनमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा बरुण नदीलाई भर्जिन राख्नुपर्ने धारणा पत्राचार गरेको थियो । स्थानीय तह देखि प्रदेश सरकार हुदैं केन्द्रीय सरकारका विभिन्न तहसम्म पुगेर बरुण नदीमा जलविद्युत् उत्पादन गर्न नहुने भनी माग गर्दै आएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार