मुख्य समाचार
शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न |

कारागारमा कैदीको मृत्यू भएको घटनाप्रति मानवअधिकार तथा शान्ति समाजको चासो

Sankhuwasabhapress 614+ समाचार ( )
२६ श्रावण २०८०, शुक्रबार

संखुवासभा । लामो समयदेखि मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था मानवअधिकार तथा शान्ति समाज जिल्ला कार्यसमिति संखुवासभाले कारागारमा दुई जना कैदीको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहिबार एक विज्ञप्ती जारी गर्दै जिल्ला कारागार संखुवासभामा दुई जना कैदीबन्दीको मृत्यु घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको र बन्दीको मृत्यु हुनु दुःखत घटना भएको जनाएको छ । कारागारभित्र नै ज्यानु जानु भनेको मानवअधिकारको उपहास भएको भन्र्दै घटनाको सत्यतथ्य छानविन गरि बाहिर ल्याउनु पर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् । शान्ति समाजका अध्यक्ष लोकदर्शन शाक्यद्धारा विज्ञप्ती मार्फत दोषीलाई कारबाहीको दायरामा जोडदार माग गरिएको जनाएको छ । 

शुक्रबार मानवअधिकार तथा शान्ति समाजका पदाधिकारीहरुले संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलाई विज्ञप्ती बुझाउर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका थिए ।

कारागार जस्तो सुरक्षाघेरा भित्र नै कैदीबन्दीको मृत्यु हुनुले मानवअधिकारको हनन् भएको मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य निर्मला गुरुङले बताईन् । उनले दोषीलाई तत्कालै सार्वजनिक गर्नुपर्ने माग समेत गरिन् । 

गएको बुधबार जिल्ला कारागार खाँदबारीमा संखुवासभाको मादी नगरपालिका–५ का विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपलिका–७ का आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार