मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

कृषकलाई राहत :
खाँदबारी नगरपालिका–१० का कृषकलाई वडाको सहयोग

Sankhuwasabhapress 612+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका वडा नं. १० ले वडाको ६१ जना कृषकलाई हाते ट्याक्टर (मिनिटिलर) र प्लाष्टिक टनेल सहयोग गरेको छ ।

चालु आर्थिक बर्ष २०८०-०८१ को वडा स्तरीय योजना मार्फत कृषकहरुलाई उक्त समाग्रीहरु लागत सहभागीतामा वितरण गरिएको हो । विहिबार एक कार्यक्रम बीच वडा कार्यालयको परिसरमा सामाग्री हस्तान्तरण गरिएको हो । मिनी टिलर (हाते ट्याक्टर)मा ५० प्रतिशत र प्लाष्टिक टनेलमा ६० प्रतिशत अनुदान प्रदान गरिएको १० नम्बरका वडासचिव डिल्लीप्रसाद सुवेदीले जानकारी दिए । उनले हाते ट्याक्टर ११ जना कृषक र प्लाष्टिक टनेल ५० जना छनौटमा परेको बताए ।

वडाभित्रका कृषकहरुको माग प्रस्ताव आह्वान गरि बस्तुस्थितीको आधारमा वडाले कृषक छनौट गरेको थियो । वडाका नागरिकहरुलाई कृषिमा आत्मनिर्भर बनाउने उद्धेश्यका साथ कार्यक्रम अगाडी सारिएको १० नम्बरका वडाध्यक्ष वेदबहादुर चौहानले बताए । उनले अनुदान प्रदान गरिएको कृषकहरुले सामग्रीको सदुपयोगका विषयमा नियमित अनुगमन हुने बताए । वडाबाट विनियोजित ४ लाख ५० हजार र कृषक लागत सहभागीता ४ लाख गरि कुल ८ लाख ५० हजार बजेटबाट सामान खरिद गरि वितरण गरिएको हो ।

१० नम्बर वडाले कृषक लक्षित कार्यक्रम गरेको भन्दै खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्कीले खुशी ब्यक्त गरे ।  

१० नम्बरको वडा अध्यक्ष वेदवहादुर चौहानको अध्यक्षतामा भएको कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्की, लेखा अधिकृत रुद्रमणि श्रेष्ठ र जनप्रतिनिधीहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार