मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |
मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

Pressmeet
‘राष्ट्रियसभाको सबै सिटमा गठबन्धनले सहज रुपमा जित्छ—कार्की’

Sankhuwasabhapress 612+ समाचार ( )
११ माघ २०८०, बिहीबार

नवीन गुरुङ

संखुवासभा । नेपाली काँग्रेस नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी राष्ट्रियसभा निर्वाचनमा सत्तागठबन्धनले सहज रुपमा सबै सिट जित्ने बताएका छन् ।

आइतबार संखुवासभाको सदरमुकाम खाँदबारीमा प्रेस युनियनद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता कार्कीले यस्तो बताएका हुन् । उनले सत्ता गठबन्धनले १९ वटा नै सिटमा उम्मेदवारी दिएको र सबै सिटमा सहज रुपमा जित्ने दावी गरे । माघ ११ गते यसको नतिजा आइहाल्ने भएकाले सत्ता गठबन्धनले जित्दैन की भन्ने शंका नगर्न समेत आग्रह गरे । 

कोशी प्रदेशबाट सत्तागठबन्धनमा काँग्रेसका कृष्णप्रसाद सिटौला र माओबादी केन्द्रका चम्पादेवी कार्की उम्मेदवार रहेको बताउर्दै काँग्रेसका अनुभवी नेता सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी रहेको समेत उनले खुलासा गरे ।

‘नेपाल अझै पनि विश्वका अन्य मुलुकमा द्धन्द्धग्रस्त क्षेत्रको सुचीमा छ । त्यो हटाउनुपर्छ भनेर लागेका छौ, सत्य निरुपण तथा बेपत्ता आयोग लगायतका कामहरु बाँकी नै छ । संविधान जारी गर्न र माओबादीलाई शान्ति प्रक्रियामा ल्याउने सिटौलाले खेलेको महत्वपूर्ण भूमिकालाई हेरेर राष्ट्रियसभाको अध्यक्ष बनाउन लागिएको हो । उहाँले यि आयोगका कामहरु सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने आशा छ । नेपाल शान्त र सुन्दर मुलुक हो भनेर विश्वलाई चिनाउनुछ ।’—नेता कार्कीले भने ।

राष्ट्रियसभा निर्वाचनको सन्दर्भलाई लिएर नेता कार्की कार्यकर्ताहरुसँग भेटघाट गर्न कोशी प्रदेशका विभिन्न जिल्लाहरु सोलुखम्बु, खोटाङ्ग, भोजपुर हुदैं हिजो बेलुकी संखुवासभा आइपुगेका हुन् । आज नेपाली काँग्रेसको पार्टी कार्यालय खाँदबारीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । उनी आजै धनकुटा हुर्दै माघ ९ गते विराटनगर पुग्ने कार्यक्रम रहेको बताइएको छ । 

फरक प्रसंगमा नेता कार्कीले संखुवासभामा निर्माणधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्त आयोजनामा देखिएको मुआब्जा विवादले चाँडै निकास पाउने बताए । कार्कीले भने—‘लामो समय गुमेको अरुण तेस्रो हामीले फर्काएर ल्यायौं, मुआब्जा लगायतका सामान्य कुराहरु यहाँका जग्गाधनीहरुको अधिकार हो, त्यो पाउनुहुन्छ । म जलस्रोत मन्त्री भएको बखतमा अरुण तेस्रो जलविद्युत्त आयोजना फर्काएर ल्याएको हो ।’

नेता कार्कीले विश्वभर कोरोनापछि तहसनहस भएको अर्थतन्त्र बिस्तारै लयमा फर्किदै गरेको समेत दावी गरे । उनले वर्तमान सत्ता गठबन्धन सरकारले अर्थतन्त्र लयमा फर्काउन काम गरिरहेको उनको भनाइ छ । नेपालका लागि एमसिसि सबैभन्दा ठूलो वैदेशिक सहायता भएकाले नेपाल फाइदामा रहेको नेता कार्कीले बताए । उनले पाँच बर्षभित्र एमसिसिको काम सम्पन्न गर्नुपर्नेमा जोड दिर्दै हाम्रा पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र म अर्थमन्त्री भएको समयमा अर्थमन्त्री भएको समयमा एमसिसि पास गरिएको हो । यो एमसिसि परियोजना मुलुकको हितमा रहेको बताए । 

आसन्न राष्ट्रियसभा निर्वाचनमा आफ्नो पक्षमा परिणाम ल्याउन सत्तागठबन्धनलाई जिताउने अभियानमा नै कार्की जिल्ला दौडाहा आएका हुन् । माघ ११ माघमा राष्ट्रियसभाका १९ सिट निर्वाचन हुँदैछ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार