मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

समाजमा विकृति र विसंङ्गतीको चाङ कहिले सम्म ?

Sankhuwasabhapress 613+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

केहीदिन अघि पाँचखपन नगरपालिकामा समाजका एक जना अगुवा मात्रै नभएर सोही विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष जस्तो गरिमामय ओहोदामा बसेका एक जना ब्यक्तिले सोही विद्यालयमा अध्ययरत बालिकालाई गिद्धे नजर परेको खबर बाहिरियो । विब्यस अध्यक्षले ति सानी बालिका माथि यौनदराचार गरेको अभियोग लाग्यो । घटना बाहिरिएपछि अहिले कानुनी प्रक्रियामा अगाडी बढेको छ ।

त्यस्तै केही समयअघि बस यात्रा गर्न गएकी ७३ बर्षीय एक बृद्ध आमालाई सोही बसका दुई जना स्टाफले जबरजस्ती करणी गरेको घटना बाहिरियो । 

माथिका यि दुई वटा प्रतिनिधी घटना मात्रै हो । यि र यस्ता घटनाहरु हाम्रो गाउँ ठाउँ र समाजमा बारम्बार दोहोरिरहेका हुन्छन् । किन पटक–पटक यस्ता घटनाहरु भईरहन्छन् । हाम्रो समाज कता तिर गईरहेको छ भन्ने प्रश्न खडा भएको छ । के गाउँ ठाउँ र समाजमा बस्न आमा, महिला दिदिबहिनीहरु असुरक्षित भएको हो ।

के अवोध बालिका र बृद्ध आमा सम्म यो समाजमा एक्लै हिडडुल गर्न असुरक्षित भएको हो  त ? यो गम्भीर प्रश्न उब्जिएको छ । समाजमा यस्ता कुदृष्टि बोकेका ब्यासाहरु जन्मिएका छन् । ति महिला देख्ने बित्तिकै नशाले उन्माद् भए जस्तो हुने रैछन् । यि समाजका नकारात्मक र कुदृष्टि बोक्ने ब्यासाहरुलाई कसरी तह लगाउने भन्ने प्रश्नहरु दोहोरिरहेका छन् । 

हाम्रो गाउँ ठाउँको भूगोल र परिवेश बारेमा हामी जानकार नै छौ । ग्रामीण बाटो घाटो, जंगलको बाटो कहिले महिलाहरु एक्लै पनि यात्रा गर्नुपर्छ तर समाजका यस्ता ब्यासाहरु भईरहने हो भने ति दिदिबहिनीहरुले कहिल्यै पनि शान्तपूर्वक आफ्नो यात्रा गर्न हिचकिचाउनु पर्ने हुनेछ । समान घट्ने जबरजस्तीका घटनाहरुलाई न्यायिक निकाय र प्रहरीले आँखा चिम्लेर कडा कारबाही गर्नुपर्छ । हुन त फेरी अर्को यहाँ कतिपय महिलाहरुले पुरुषलाई फसाउने नियतले समेत जबरजस्ती करणीको अभियोग लगाएको उदाहरण समेत प्रशस्तै देखिन्छ । यो बिषय महिलाको आचरण र चरित्रमा समेत निर्भर गर्दछ जस्तो लाग्छ । 

अन्त्यमा, जबरजस्ती करणीको काण्डमा अवोध र सानी बालिकाहरु माथि हुने यौन अश्लिल काण्ड, यौनदुराचार र जबरजस्ती करणी जे भनेपनि मुद्धालाई सामान्य र फितलो बनाउनका लागि सजिलो शब्द बनाउनु कदापी हुदैन् । ति अवोध बालिकाहरु माथि हुने हिंसा गर्नेलाई कडा कारबाही गर्नुपर्छ । तब मात्रै समाजले कानुनको सम्मान गर्छन र पालना समेत गर्दछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार