मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

मंगलादेवी मावि :
खाँदबारी नगरपालिकाद्धारा मंगलादेवी माविलाई एक थान इन्भटर हस्तान्तरण

Sankhuwasabhapress 613+ समाचार ( )
२२ माघ २०८०, सोमबार

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–७ स्थित मंगलादेवी माध्यमिक विद्यालयलाई  खाँदबारी नगरपालिकाले एक थान इन्भटर हस्तान्तरण गरेको छ ।

आज सोमबार एक कार्यक्रम बीच विद्यालयमा नै पुगेर खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुलाराम आले, विद्यालयका प्रअ योगेन्द्रबहादुर श्रेष्ठ र ७ नम्बरका वडाध्यक्ष देवबहादुर पुवाँर मगरलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले नगरभित्रका सबै विद्यालयहरुलाई नगरपालिकाले सकेको सहयोग गरिरहेको बताईन् । उनले यस विद्यालयमा इन्भटरको आवश्यकता भएको माग भई आएकाले नगरले सहयोग गरेको बताईन् । 

खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्कीले विद्यालयलाई सहयोग गर्ने हेतुले ३०० वाटको सोलार र विजुली दुवै तरिकाबाट चल्ने इन्भटर ब्याट्री उपलब्ध गराएको बताए । 

कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुलाराम आले र ७ नम्बरका वडाध्यक्ष देवबहादुर पुवाँर मगरले खाँदबारी नगरपालिकालाई धन्यवाद दिए । 

उक्त कार्यक्रममा खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्की, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुलाराम आले, ७ नम्बरका वडाध्यक्ष देवबहादुर पुवाँर मगर, विद्यालयका प्रअ योगेन्द्रबहादुर श्रेष्ठ, खाँदबारी नगरपालिकाका कार्यपालिका सदस्य ललिता आलेमगर र वडा सदस्य झलकलाल कुसुले लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार