मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

मादी नगरपालिका :
मादीमा ब्याडमिन्टन प्रतियोगिता हुने

Sankhuwasabhapress 612+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

 संखुवासभा । जिल्लाको मादी नगरपालिकामा ‘चौथो मादी राष्ट्रिय खुल्ला महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता’ संचालन हुने भएको छ । ‘पृथक पहिचान : मादी नगरपालिकाको शान’ भन्ने नारासहित ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको हो ।

विहिबार मादी नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताका बारेमा जानकारी दिएको हो । मादी नगरपालिका मेयर जीवन लिङ्थेपले पुरुष डबल, महिला डबल र पुरुष डबल भेट्रान्स प्रतियोगितामा स्थानीयदेखि राष्ट्रिय खेलाडीहरुले प्रतिस्पर्धा गर्ने बताए । ‘काठमाडौं र पोखरा लगायतका क्षेत्रबाट समेत राष्ट्रिय खेलाडीहरु आउने भएका छन् । विगतका बर्षहरु भन्दा यो बर्ष राष्ट्रियस्तरका खेलाडीहरु बीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।’-मेयर लिङथेपले भने ।

मादी नगरपालिकाले विगत बर्षहरुदेखि नै खेलकुदको माध्ययमबाट पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै आएको मादी नगरपालिकाका उपप्रमुख सुनितादेवी भट्टराई दाहालले बताइन् । उनले प्रतियोगितामा खेल्न आएका तथा खेल हेर्न आएकाहरुले पर्यटन क्षेत्रको अवलोकन गर्ने बताइन् । 

 प्रतियोगितामा पुरुष डबल तर्फका प्रथम, द्वितिय र तृतीय हुने दुई टिमले नगद ७५, ५० र २०/२० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुष डबल भेट्रान्स तर्फका प्रथम, द्वितीय र तृतीय हुने दुई टिमले नगद ५०, ३० र १०/१० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै महिला डबल तर्फ प्रथम, द्वितीय र तृतीय हुने दुई टिमले नगद ४०, ३०, १०/१० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता यहि फागुन २९ देखि शुरु भई चैत ३ गतेसम्म समापन हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार