मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

नेपाली काँग्रेस :
राष्ट्रियसभामा कोशी प्रदेशबाट ४ पूर्वमन्त्री सहित ३८ जनाको नाम सिफारिस

Sankhuwasabhapress 612+ समाचार ( )
११ पौष २०८०, बुधवार

संखुवासभा । आगामी राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेस कोशी प्रदेशबाट सम्भावित ३८ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ । 

कोशी प्रदेश समितिले मंगलबार बसेको बैठकले सो नाम सिफारिस गरेको हो । प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकले जिल्लागत रूपमा आएका सिफारिसलाई आधार बनाई केन्द्रीय समितिमा नाम सिफारिस गरेको हो 

सिफारिस हुनेमा संघीय सरकारमा यसअघि मन्त्री भइसकेका चारजना छन् । पार्टीका पूर्वमहामन्त्री तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मीनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस भएको छ । त्यसैगरी पूर्वराज्यमन्त्री तथा केन्द्रीय सदस्य तारामान गुरुङ, पूर्वसंघीय सांसद डिला सङ्ग्रौला, नेविसंघ पूर्वसभापति गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङगेलु शेर्पा, पूर्वसभासद तथा कोशी प्रदेश उपसभापति टंकप्रसाद राई, विना पौडेल र रुक्मिणी कोइराला लगायत ३८ जनाको पनि नाम सिफारिसमा परेका छन् ।

बैठकले प्रदेशस्तरीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजकमा काँग्रेस कोशी प्रदेश समितिका उपाध्यक्ष रमेशजंग रायमाझीलाई नियुक्त गरेको छ । बैठकले काँग्रेसको कोशी प्रदेश सम्मेलन विराटनगरमा गर्ने निर्णय गरेको छ ।

संखुवासभाबाट को–को परे :

संखुवासभाबाट सिफारिस भई गएका पूर्वराज्यमन्त्री तथा केन्द्रीय सदस्य तारामान गुरुङ, पूर्वसाँसद तथा कोशी प्रदेश समितिका उपसभापति टंकप्रसाद राई, पूर्वसाँसदद्धय पासाङ शेर्पा र विना पौडेल, पूर्वजिल्ला सभापति जनक थापा, महिला नेतृ तथा महाधिबेसन प्रतिनिधी उषा कार्की, जिल्ला पार्टी सचिव कुमारबाबु अधिकारी र महासमिति सदस्य मुक्तिसिं राईको नाम प्रदेशबाट संघमा सिफारिस गरेको छ । 

यसअघि नेपाली काँग्रेस संखुवासभाका कार्यवहाक सभापति अन्नतकुमार गौलीले पूर्वसाँसद विना पौडेल, पार्टी सचिव कुमारबाबु अधिकारी र महासमिति सदस्य मुक्तिसिं राई गरि ३ जनाको मात्रै नाम सिफारिस गरेपछि विवाद भएको थियो । त्यसपछि पार्टी सचिव टकमान घलेले माथि उल्लेख भएका ८ जनाको नै नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार