मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

चैनपुर नगरपालिका
चैनपुर–१० का सिंहेश्वरी आधारभूत विद्यालयमा निःशुल्क टाई, बेल्ट र जुत्ता वितरण

Sankhuwasabhapress 613+ समाचार ( )
१७ वैशाख २०८१, सोमबार

संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका–१० स्थित लेवारिङ्गमा रहेको सिंहेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क रुपमा टाई, बेल्ट र जुत्ता वितरण गरिएको छ । 

सोमबार एक कार्यक्रम बीच विद्यालयमा अध्ययरत रहेका कुल ४८ जना विद्यार्थीहरुलाई निःशुल्क रुपमा टाई, बेल्ट र जुत्ता वितरण गरिएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीले बताए । उनले वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेवियामा रहेको दुर्गबहादुर अधिकारी र मलेसियामा रहेका उदयचन्द्र अधिकारीसँग समन्वय गरी दाताको सहयोगमा विद्यालयमा अध्ययरत छात्रछात्राहरुलाई निःशुल्क रुपमा टाई, बेल्ट र जुत्ता वितरण गरिएको हो ।

‘विद्यालयमा पढ्ने अधिकाँस बालबालिकाहरुको अवस्था सामान्य छ । ति गरिव र विपन्न बालबालिकाहरुलाई राहत पुगोस् भनेर सबै बालबालिकाहरुलाई नछुट्टाई समान रुपमा सामग्री वितरण गरिएको हो । दुई जना दाताहरुबाट करिब १७ हजार रुपैया बराबरको सामग्री वितरण गरिएको छ । त्यो सामग्रीहरु दाताको बुवाहरुलाई विद्यालयमा बोलाई विद्यार्थीहरुलाई सामग्री वितरण गरिएको हो ।’—विब्यस अध्यक्ष अधिकारीले भने । 

उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्म पठनपाठन हुने गर्दछ भने विद्यालयमा ६ जना शिक्षकहरु कार्यरत रहेका छन् । विद्यालयको शैक्षिक गुणस्तर, बालमैत्री विद्यालय बनाउन आफु विद्यालयको ब्यबस्थापन समितिको अध्यक्ष भएर आएपछि चिन्तित भएर लागि परेको विब्यस अध्यक्ष अधिकारीको भनाइ छ । उनले निकट भविष्यमा विद्यालयको १ देखि ३ कक्षा सम्म अंग्रेजी माध्यमबाट पठनपाठन लागु गर्ने योजना रहेको बताए । 

उक्त सामग्री वितरण कार्यक्रमका चैनपुर–१० का वडा सदस्य टेकेन्द्र अधिकारी, दाताका बुवाहरु, गाउँका अग्रज तथा भद्रभलादमी बुद्धिजिवी, अभिभावक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार