मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

फोनिजको २४ औं स्थापना दिवश
फोनिजद्वारा ६ पत्रकार पुरस्कृत

Sankhuwasabhapress 613+ समाचार ( )
२८ श्रावण २०८०, आइतबार

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०ले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ।​

फोनिजको २४ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा एक कार्यक्रम आयोजना गरी ६ जना पत्रकारलाई पुरस्कृत गरेको हो। पुरस्कृत हुनेहरूमा विराटनगरकी पत्रकार सुजता लिम्बु, किसन राई, देव पचभैया, जीवन लामा, उन्नति चौधरी, विदुर खवास रहेका छन्।

यस्तै दिलीप थापा मगर र नेपाल भाषा टाइम्सलाई सम्मान गरिएको छ। सम्मानित र पुरस्कृत हुनेहरूलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए। पुरस्कृतमध्ये खवास र लिम्बुलाई प्रदेशले सम्मान गरेको हो भने अन्यलाई संघले गरेको हो।

कार्यक्रममा बोल्दै मन्त्री मोदीले पहिचान सहितको संघीयता ल्याउन दुई तिहाइ आवश्यक रहेको बताएका छन्। त्यसका लागि दुई तिहाइ मत ल्याएर प्रदेशको नाम सच्याउनुपर्ने भएकाले पहिचानवादी पार्टीलाई जिताउनुपर्ने मन्त्री मोदीले बताए।

पहिचान पक्षधरहरूको सदनमा बहुमत नभएकाले निर्णय कार्यान्वयन गराउन नसकेको बताए। पहिचानसहितको संघीयता ल्याउन माओवादीलाई जनमत प्राप्त नभएको उनले बताए। उनले प्रदेश १ को नामकरण पहिचानसहितको नामकरण हुनुपर्नेमा जोड दिए।​ पहिचानवादीको माग पूरा गर्न आदिवासी जनजाति एकजुट हुनुपर्ने उनले बताए।

कार्यक्रममा आदिवासी जनजाति महासंघका उपाध्यक्ष मायाजिमी, किराँत, याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन‚फोनिजका अध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलावल्लभ घिमिरे, प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेल, प्रेस सेन्टरका उपाध्यक्ष विवेक गौतम, समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य बन्धु पोखरेलगायलते आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार