मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

जिल्ला अस्पताल संखुवासभा :
विशेषज्ञ स्वास्थ्य शिविरमा १ सय ८६ जना लाभान्वित

Sankhuwasabhapress 612+ समाचार ( )
१२ मंगशिर २०८२, शुक्रबार

संखुवासभा । जिल्ला अस्पताल संखुवासभाले आयोजना गरेको विशेषज्ञ स्वास्थ्य शिविरमा १ सय ८६ जना लाभान्वित भएका छन् ।

शुक्रबार संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पतालले विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरेको हो । उक्त शिविरमा छाला सम्बन्धी ७४ जना, नाक, कान, घाँटी सम्बन्धी ८२ जना र नशा तथा मानसिक रोग सम्बन्धी ३० जना गरि कुल १ सय ८६ जना लाभान्वित भएको जिल्ला अस्पताल संखुवासभाका जनस्वास्थ्य निरिक्षक दिपेश श्रेष्ठले बताए । शिविरले धेरै रोगीहरुलाई राहत मिलेको उनले बताए ।

शिविरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव तथा बरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेल, कोशी अस्पताल विराटनगरका नाक, कान घाँटी रोग विशेषज्ञ डा. रौनक दाहाल र कोशी अस्पताल विराटनगरका छाला रोग विशेषज्ञ डा. असित घिमिरेले चेकजाँच गरेका थिए । 

उक्त शिविरका जिल्लाका विभिन्न ग्रामीण भेगका साथै छिमेकी जिल्ला भोजपुर र धनकुटा लगायतका मानिसहरु स्वास्थ्यमा उपचारका लागि आएका थिए । उक्त विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सशुल्क आयोजना गरेको हो तर शिविरमा धेरै जति रोगको स्वास्थ वीमा मिल्ने गरि उपचारमा सहयोग गरेको अस्पतालले जनाएको छ । 

स्थानीयहरुले यस्ता विशेषज्ञ स्वास्थ्य शिविर जिल्ला अस्पतालले बेला–बेला खाँदबारीमा नै आयोजना गरिरहे हजारौं रुपैया खर्चेर धरान, विराटनगर र काठमाडौं जानु नपर्ने बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार