मुख्य समाचार
शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न |

पुरस्कार :
पचास हजार राशिको मनराम–एसकाज पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार पोखरेललाई

Sankhuwasabhapress 614+ समाचार ( )
८ मंगशिर २०८२, सोमबार

यस बर्ष २०८२ सालको मनराम–एसकाज पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार गोविन्द पोखरेललाई दिने निर्णय भएको छ ।

मनराम–एसकाज पत्रकारिता पुरस्कार छनोट समितिको बैठकले पोखरेललाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । पोखरेल संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जन्मीएका हुन् ।

वरिष्ठ पत्रकार पोखरेलले आफ्नो सम्पूर्ण जीवन पत्रकारितामा समर्पित गरेकाछन् ।  संखुवासभा खाँदबारी–१ निवासी समाजसेवी स्व।रामबहादुर श्रेष्ठको समामाजिक विकास प्रतिको दृष्टिकोण र उन्को समाज प्रतिको समर्पणको सम्झना स्वरुप प्रत्येक बर्ष संखुवासभालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारलाई यो पुरस्कार प्रदान गरीदै आएको संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसिएशनका अध्यक्ष शंकर खनालले बताए ।

पिता डिल्लीराम र माता हिरादेवी पोखरेलका सुपुत्रका रुपमा २०१२ सालमा जन्मीएका पोखरेल गोरखापत्र संस्थानको अध्यक्ष र नेपाल टेलिभिजनको सल्लाहकारका रुपमा समेत रही सकेकाछन् । उन्ले दृष्टि साप्ताहिक, कान्तिपुर मिडिया ग्रुप, श्रीसगरमाथा, सगरमाथा रेडियो र स्पेशटाईम दैनिक जस्ता महत्वपूर्ण सञ्चार माध्यममा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरी सकेकाछन्  ।

उन्का लेख, रचना अहिले पनि बिभिन्न सञ्चार माध्यममा प्रकाशित हुने गरेकाछन् । लायन्स मनराम प्रतिष्ठान २००५ नेपालका संस्थापक अध्यक्षसमेत रहि सकेका रामबहादुर र श्रीमती मनमाया श्रेष्ठको नाममा स्थापीत मनराम–एसकाज पत्रकारिता पुरस्कार संखुवासभा– काठमाडौ जर्नालिष्ट एशोसिएसनले काठमाडौमा एक कार्यक्रम गरी प्रदान गर्ने छ । यस अघि यो पुरस्कारको राशि २५ हजार थियो भने अहिले बढाएर ५० हजार पुर्‍याइएको छ ।

यसअघि यो पुरस्कारबाट संखुवासभाका पत्रकार गंगा बिष्ट, इन्द्र गिरी, दिपेन्द्र शाक्य, कृष्णराज शाक्य, नविन गुरुङ, प्रेमप्रसाद निरौला, मत्रिकाप्रसाद तिम्सिना, भोला गौली, ज्ञान उदाशलाई सम्मानित गरी सकीएको छ । 

प्रत्येक बर्ष स्व. रामबहादुर श्रेष्ठको स्मृति दिवसको सम्झना स्वरुप उक्त दिन यो पुरस्कार प्रदान गरीने गरीएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार