मुख्य समाचार
शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न |

नेपाली कांग्रेस :
‘विशेष महाधिबेसन’ को माग राख्दै संखुवासभा कांग्रेसको हस्ताक्षार अभियान

Sankhuwasabhapress 614+ समाचार ( )
२५ अशोज २०८२, शनिबार

संखुवासभा । नेपाली कांग्रेस संखुवासभाले ‘विशेष महाधिबेसन’ को माग राखेर हस्ताक्षार अभियान थालेका छन् ।

गत भदौ २३ र २४ गते देशभर भएको जेनजीको आन्दोलन पछि मुलुकको परिस्थिती र राष्ट्रिय राजनीतिलाई समेत बदलेर ‘नयाँ कांग्रेस’ बनाउनु पर्ने माग राख्दै संखुवासभाका कांग्रेस नेताहरुले विशेष महाधिबेसन गर्न दवाव दिन हस्ताक्षार अभियान थालेका हुन् । देशको समसामयिक परिस्थिती, नीति र नेतृत्व लगायतका बिषयमा विशेष निर्णय गर्नु अपरिहार्य भएकाले यथासक्य छिटो नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिबेसन गर्न केन्द्रमा माग सहित अनुरोध गरेका छन् । 

नेपाली कांग्रेस संखुवासभाका प्रतिनिधीसभा क्षेत्र नं. १ र २ का महाधिबेसन प्रतिनिधीहरुले हस्ताक्षार गरि केन्द्रमा पत्राचार गर्दै विशेष महाधिबेसनको माग गरेको नेपाली कांग्रेसका जिल्ला सचिव टकमान घलेले बताए । उनको अनुसार हालसम्म ९० प्रतिशत महाधिबेसन प्रतिनिधीहरुले हस्ताक्षार गरि विशेष महाधिबेसनका माग गरेका छन् भने एकाध जनाको हस्ताक्षार गर्न बाँकी रहेको सचिव घलेको भनाइ छ । ‘हस्ताक्षार भइसकेको नामावली केन्द्रमा पठाइसकेका छौं, बाँकी रहेकाहरुको आज बेलुकी सम्म हस्ताक्षार संकलन सकिएपछि केन्द्रमा पठाउँछौं, भोली (आइतबार) नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक रहेकाले दवाव सिर्जना गर्न हस्ताक्षार अभियान थालेका हौं । कांग्रेस अब सच्चिएर अघि बढनुपर्छ भन्ने हाम्रो माग हो ।’–घलेले भने ।

कांग्रेसलाई मजबुद, बलियो र जेनजीले भने भष्ट्राचार रहित समाज र मुलुकको सुशासन कायम गर्न कांग्रेसका युवाहरु अघि बढनुपर्छ भन्ने हाम्रो माग रहेको जिल्ला सचिव घलेको भनाइ छ । 

विशेष महाधिबेसनको माग राखी केन्द्रमा पत्राचार गर्नेहरुको नामावली :

१) दिपनकुमार श्रेष्ठ 

२) निर्मला तामाङ बस्नेत

३) चक्रबहादुर बिसुन्के

४) मुना दाहाल पोख्रेल

५) हरिश्वर थापा मगर

६) सुमित्रा श्रेष्ठ 

७) सीता श्रेष्ठ 

८) थिरबहादुर राई

९) उमेश चौहान

१०) दिपेन्द्र बान्तवा

११) राजेन्द्र घले

१२) चित्ररेखा अधिकारी

१३) वंशीराज रेग्मी

१४) उषा कार्की

१५) टंकप्रसाद राई

१६) पासाङ शेर्पा

१७) मिङ्मा शेर्पा

१८) विपिन राई

१९) चन्द्र कुमार घोण्डे गुरुङ

२०) सञ्जय शेर्पा (महासमिति सदस्य, नेपाल लोकतान्त्रिक शेर्पा संघ)

२१) तारामान गुरुङ (केन्द्रिय सदस्य)

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार