मुख्य समाचार
शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न |

स्वास्थ्य सम्बन्धी जानकारी :
दाँत सफा राख्ने उपाय

Sankhuwasabhapress 614+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

नियमित सफा नगर्दा किरा लागेर दाँत बिग्रन सक्छ । गिजासम्बन्धी गम्भीर रोग पनि लाग्न सक्छ । त्यसैले दाँत सफा राख्न हामीले विशेष ध्यान पु-याउनुपर्छ ।

दुईपटक ब्रस : नियमित रूपमा दाँत सफा नगर्दा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । किरा लागेर दाँत बिग्रन सक्छ । गिजासम्बन्धी गम्भीर रोग पनि लाग्न सक्छ । त्यसैले दाँत सफा राख्न हामीले विशेष ध्यान पु-याउनुपर्छ । खाना खाएपछि बिहान–बेलुका ब्रस अनिवार्य गर्नुपर्छ । दाँत माझ्दा नरम ब्रस प्रयोग गर्नुपर्छ ।

फ्लोराइडयुक्त मन्जनले दाँत माझ्दा अझ राम्रो हुन्छ । बजारमा विभिन्न थरीका मञ्जन पाइन्छन्, तर फ्लोराइड भएको मन्जन नै प्रयोग गर्नुपर्छ । ब्रस गर्ने आफ्नै विधि हुन्छ । प्रायः ब्रस गर्दा अगाडि–पछाडि घोट्ने गरिन्छ । त्यसरी घोटेर गर्नुहुँदैन । माथिल्लो भागको दाँत माझ्दा ब्रसलाई माथितिर र तल्लो भागमा माझ्दा तल्तिर फर्काएर गर्नुपर्छ । दाँतका सबै भागमा ब्रस गर्नुपर्छ । 

गुलियो कम खानुस् :  गुलियो खानेकुरा खाँदा मुखमा एसिड बढ्छ र त्यसले ब्याक्टेरिया उत्पादन गर्छ । दाँतमा हुने ब्याक्टेरियाले उत्पादन गर्ने इन्जाइमले दाँतका हाड खियाउँछ र अन्त्यमा गिजासम्बन्धी रोग लाग्छ । गिजामा इन्फेक्सन भयो भने शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ । मिठाई, चकलेटलगायत गुलिया कुरा कम खानुस्, खाएपछि मुख कुल्ला गर्न नबिर्सनुस् । 

सुर्तीजन्य पदार्थबाट टाढा : सुर्तीजन्य पदार्थ जस्तै– पानपराग, खैनी पनि हानिकारक छ । यसले दाँतलाई डिस्कलर गर्छ । छालाको क्यान्सर हुन सक्ने सम्भावना पनि हुन्छ । त्यसैले सुर्तीजन्य पदार्थबाट टाढा रहनुपर्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार