मुख्य समाचार
शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न |

#प्रहरी कार्यालय
इलाका प्रहरी कार्यालय वानाको नवनिर्मित भवनको उदघाटन

Sankhuwasabhapress 614+ समाचार ( )
१९ असार २०८१, मङ्गलबार

संखुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–७ स्थितमा रहेको इलाका प्रहरी कार्यालय वानाको नवनिर्मित भवनको समुदघाटन भएको छ । 

विहिबार आयोजित एक बिशेष कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले शिलालेख अनावरण गर्दै नवनिर्मित ७ कोठे भवनको समुदघाटन गरेका हुन् । उनले भवनको समुदघाटन तथा निरीक्षण गर्दै नयाँ भवन उपलब्ध भएसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै सुबिधा सम्पन्न भवनले प्रहरीमा थप जोश र उर्जा बढेर जाने बताए ।

‘सुविधा सम्पन्न र सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारीहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा म बिश्वस्त छु । आमनागरिकहरुलाई प्रदान गरिने प्रहरी सेवा समेत स्तरिय हुनेछ । यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई कानूनको परिधिमा रही जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न समेत निर्देशन दिन चाहान्छु ।’– खापुङले भने ।

कार्यक्रमका प्रमुख अतिथि खापुङले इलाका प्रहरी कार्यालय वानाको नव निर्मित भवनको लागी जग्गा खरिद गरिदिने पाँचखपन नगरपालिका, प्रहरी चौकी वाना स्थापना हुँदा निःशुल्क जग्गा प्रदान गर्ने  स्व.ललित बहादुर दर्जीको छोरा झलक दर्जी तथा भवन निर्माण कम्पनी कार्की बन्धु÷अमर जेभिलाई कदरपत्रले सम्मान गरेका थिए । 

उक्त भवन नेपाल सरकारको बिनियोजित बजेट २ करोड ४३ लाख ३१ हजार रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो ।

उक्त उदघाटन कार्यक्रममा जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य, पाँचखपन नगरपालिकाका नगर प्रमुख बिपिन राई, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयहरूका प्रमुख एवंम प्रतिनिधि, बिभिन्न संघ संस्था तथा राजनैतिक दलका प्रतिनिधि, संचारकर्मी लगायत स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार