मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

राष्ट्रिय योग दिवस :
राष्ट्रिय योग दिवसको अवसरमा खाँदबारीमा सप्ताह व्यापी योग अभ्यास गरी मनाइने

Sankhuwasabhapress 613+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

संखुवासभा । राष्ट्रिय योग दिवसको अवसरमा खाँदबारी नगरपालिकाको वडा तह सम्म योग अभ्यास हुने भएको छ । 

जिल्ला योग समन्वय समिति संखुवासभाको आयोजनामा खाँदबारी नगरभित्रका ११ वटै वडामा योग, ध्यान र प्रणायम सञ्चालन गर्ने जिल्ला योग समन्वय समितिले मंगलबार खाँदबारीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । जिल्लामा क्रियाशील योग, ध्यान, प्रणायम र सत्सङ हुँदै आध्यात्मिक जागरणको क्षेत्रमा काम गर्दै आएका विभिन्न संस्थाहरुको समन्वयमा सप्ताहव्यापी योग, ध्यान, प्रणायम गर्न लागिएको जिल्ला योग समन्वय समितिका अध्यक्ष भिमबहादुर कट्टेलले जानकारी दिए ।

योग र ध्यानलाई गाउँ, टोल, समुदाय हुँदै घर–घर र व्यक्ति–व्यक्ति सम्म पु-याउन राष्ट्रिय योग दिवसको अवसरमा योग सप्ताहको आयोजना गरिएको अध्यक्ष कट्टेलले बताए । 

योग सप्ताह कार्यक्रम पौष २४ गतेबाट माघ १ गते सम्म सञ्चालन हुनेछ । २४ गतेबाट २९ गते सम्म वडा स्तरमा र माघ १ गते राष्ट्रिय योग दिवसका दिन जिल्ला समन्वय समिति संखुवासभाको हलमा योग, ध्यान सहित योग दिवस मनाइने अध्यक्ष कट्टेलले बताए ।

उक्त पत्रकार सम्मलेनमा ब्रम्हाकुमारी राजयोग सेवाकेन्द्र खाँदबारीकी रचना आचार्य, ओशोसन्यासी योगी क्षितिज बराल, पतञ्जलीकी डेगेश्वरी श्रेष्ठ लगायतले कार्यक्रमका बारेमा जानकारी गराएका थिए । योग, ध्यान, प्रणायम, सत्सङको माध्यमबाट सकारात्मक सोचको विकास गर्दै शारिरिक र मानसिक धेरै रोगहरु निःशुल्क र प्राकृतिक उपचार गर्न सकिने उनीहरुको भनाइ छ । 

पौष २४ गते खाँदबारी नगरपालिका वडा नं. ७ र ८, २५ गते वडा नं. १० र ११, २६ गते वडा नंं. २ र ६, २७ गते वडा नं. ९, पौष २८ गते वडा नं. ४ र ५, त्यसैगरी २९ गते वडा नं. ३ मा योग, ध्यान गराइने जिल्ला योग समन्वय समितिले जनाएको छ । 

संखुवासभामा २०७९ माघ १ गते देखि राष्ट्रिय योग दिवस मनाउन सुरु गरिएको हो । त्यसैको निरन्तरता स्वरुप बर्सेनि विभिन्न कार्यक्रमहरु संचालन हुदैआइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार