मुख्य समाचार
शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न |

कांग्रेस :
समुदायमा कांग्रेस अभियान - ‘तल्लो तह सम्म कांग्रेस पुग्दा पार्टीको संगठन बढ्छ—सचिव घले’

Sankhuwasabhapress 614+ समाचार ( )
१९ माघ २०८०, शुक्रबार

संखुवासभा । नेपाली कांग्रेस संखुवासभाले ‘समुदायमा कांग्रेस अभियान’ संचालन गरिरहेको छ । ‘समुदायमा जाऔं, जनताका कुरा सुनौ’ भन्ने नारा सहित कांग्रेसले अभियान सुरू गरेको हो । त्यसैअभियान अन्तर्गत संखुवासभा जिल्लाभर अभियान संचालन भइरहेको छ ।

पछिल्लो समय समुदायस्तरलाई लक्षित गरि संचालनमा रहेको कार्यक्रमले पार्टी संगठन बढाउने नेपाली कांग्रेसका जिल्ला सचिव टकमान घलेले बताए । उनले पार्टीका विभिन्न तहमा रहेका नेता कार्यकर्ताहरुलाई जनताको घरदैलो सम्म पुग्ने र केन्द्रीय सर्कुलर अनुसार नै समुदायमा कांग्रेस अभियान संचालन भइरहेको बताए ।

उनको अनुसार, जिल्लाका १० वटै स्थानीय तह र ७६ वटै वडामा प्रतिनिधीहरु खटाई समुदायस्तरमा कांग्रेस पुगीरहेको छ । माघ १६ गते शहिद दिवशको अवसरमा समुदायका कांग्रेस अभियान सफल पार्न जिल्लाको ७६ वटै वडास्तरमा कार्यकर्ताहरु परिचालन गरिएको सचिव घलेको भनाइ छ । जिल्लाको ७६ वटै वडामा समुदायमा कांग्रेस अभियान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको नेपाली कांग्रेसले जनाएको छ ।

माघ १३ देखि २६ गते सम्म संचालन हुने समुदायमा कांग्रेस अभियान अन्तर्गत जिल्लाका १० वटै स्थानीय तहमा १ जना संयोजक र २ जना सदस्य गरि तीन सदस्यीय समिति गठन गरि परिचालन गरिएको जिल्ला सचिव घलेले बताए । उनको अनुसार, खाँदबारी नगरपालिकामा निर्मला तामाङ बस्नेतको संयोजकत्वमा कमला गुरुङ र सुशीला पराजुली सदस्य रहेका छन् । त्यसैगरि चैनपुर नगरपालिकामा चन्द्रकुमार घोण्डे गुरुङको संयोजकत्वमा सुमित्रा श्रेष्ठ र सञ्जय शेर्पा सदस्य रहेका छन् ।

त्यसैगरि धर्मदेवी नगरपालिकामा दिपक थक्लुङ्गको संयोजकत्वमा डम्बर बस्नेत र भक्तबहादुर गुरुङ सदस्य रहेका छन् भने पाँचखपन नगरपालिकामा अञ्जना लिङ्थेप लिम्बुको संयोजकत्वमा मुना दाहाल पोखरेल र सिता श्रेष्ठ सदस्य रहेका छन् । त्यसैगरि मादी नगरपालिकामा थलकुमार लिंखाको संयोजकत्वमा दिपेन्द्र वान्तवा र पदम अधिकारी सदस्य रहेका छन भने मकालु गाउँपालिकामा चक्र बिसुन्केको संयोजकत्वमा मिङ्मा शेर्पा र काजीमान गुरुङ सदस्य रहेका छन् ।

त्यसैगरि चिचिला गाउँपालिकामा हरिश्वर थापामगरको संयोजकत्वमा शेरबहादुर बन र पासाङ नुर्बु शेर्पा सदस्य रहेका छन भने सिलिचोङ गाउँपालिकामा राजेन्द्र घलेको संयोजकत्वमा छत्रमणि काफले र रामबहादुर कुलुङ सदस्य रहेका छन भने सभापोखरी गाउँपालिकामा उमेश चौहानको संयोजकत्वमा थिरबहादुर राई र सुवास कालाखेती सदस्य रहेका छन भने भोटखोला गाउँपालिकामा महेश थपलियाको संयोजकत्वमा श्याम निरौला र राईबहादुर राई सदस्य तोकीएका छन् । 

कार्यक्रमको प्रभावकारीताका बिषयमा जिल्लास्तरमा अनुगमन समिति समेत बनाइएको कांग्रेसले जनाएको छ । जसमा नेपाली कांग्रेसका निवर्तमान जिल्लासभापति दिपनकुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । जसमा सदस्यहरु कुमारबाबु अधिकारी, टकमान घले, दिपेन्द्रमान शाक्य, देउमान राई, उषा कार्की र भीम कार्की रहेका छन् । 

समुदायमा कांग्रेस अभियान संचालनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला संखुवासभाको विभिन्न गाउँहरुमा कार्यक्रममा पुगीरहेका छन् । त्यसैगरि जिल्लास्तरका सबै नेता तथा कार्यकर्ता अभियान सफल पार्न लागिरहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार