श्रेष्ठ लामो समयदेखि काठमाडौंमा रहेर हस्पिटालिटिको लेक्टर र कन्सल्टेन्सीको काम गर्दै आएका छन् । उनी यहि बिषयका लेखक र मेनेजमेन्ट अध्यापन समेत गराउँछन् ।
होटल ब्यावसायी :
संखुवासभाका साना तथा मध्यम होटल ब्यावसायीहरुलाई हस्पिटालिटि तालिम प्रदान
१९ माघ २०८०, शुक्रबार
श्रेष्ठ लामो समयदेखि काठमाडौंमा रहेर हस्पिटालिटिको लेक्टर र कन्सल्टेन्सीको काम गर्दै आएका छन् । उनी यहि बिषयका लेखक र मेनेजमेन्ट अध्यापन समेत गराउँछन् ।

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा जिल्लाका साना तथा मध्यम होटल ब्यावसायीहरुलाई हस्पिटालिटि तालिम प्रदान गरिएको छ ।
जिल्लाभित्र संचालनमा रहेका साना र मध्यम आकारका होटलहरूको लागि व्यापक आतिथ्य प्रशिक्षण तालिम दिइएको कोशी प्रदेश सदस्य राजीव श्रेष्ठले जानकारी दिए । होटल सम्बन्धी हस्पिटालिटि तालिममा विशेष गरि होटलमा आउने पाहुनाहरुलाई सकेसम्मको राम्रो सुविधा कसरी दिने, कसरी पाहुनाहरुको आकर्षण बढाउने, पाहुनाहरुसँग गरिने ब्यबहार, खानेकुराहरु सफा सुग्घर र कसरी खुवाउने भन्ने लगायतका तीन दिने आधारभूत तालिम प्रदान गरिएको श्रेष्ठले बताए ।
तालिमका सहजकर्ता वरिष्ठ प्रशिक्षक सूर्यकिरण श्रेष्ठ रहेका थिए । उनले होटलको सेवा प्रवाह, सरसफाई कसरी व्यवस्थित र राम्रो बनाउन सकिन्छ भन्ने बारेमा तालिममा आधारभूत कुराहरु सिकाएको वरिष्ठ प्रशिक्षक श्रेष्ठले बताए । उनले होटलमा सफा, मिठो र स्वादिलो खानेकुराले नै पाहुनाहरुको आकर्षण बढाउने बताए ।
श्रेष्ठ लामो समयदेखि काठमाडौंमा रहेर हस्पिटालिटिको लेक्टर र कन्सल्टेन्सीको काम गर्दै आएका छन् । उनी यहि बिषयका लेखक र मेनेजमेन्ट अध्यापन समेत गराउँछन् ।
जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना र यूएनडीपीको सहयोगमा तालिम संचालन भएको हो ।
संखुवासभा होटल संघको आयोजनामा भएको तालिममा जिल्लाका १० वटै स्थानीय तहका विभिन्न स्थानका ३३ जनाको सहभागिता रहेको छ । तालिममा साना र मध्यम होटल संचालक, होटलमा कार्यरत कर्मचारी र जिल्लाका विभिन्न ठाउँहरुमा होमस्टे संचालन गर्ने मानिसहरुको समेत सहभागीता रहेको थियो । मानिसहरुलाई जिविकोपार्जनको लागि होटल ब्याबसाय दिगो र स्वरोगार समेत बनाउने भएकाले यसको संचालन र ब्यबस्थापनमा जोड दिन तालिम संचालन गरिएको हो । जिल्लाको विभिन्न ठाउँमा होटल ब्यावसाय राम्रोसँग संचालन गर्दा आन्तरिक तथा बाह्य पर्यटनमा समेत सघाउ पु-याउन होटल संघको भनाइ छ ।
संखुवासभामा ठूला प्रोजेक्ट अरुण तेस्रो, अपर अरुण, तल्लो र माथिल्लो अरुण प्रोजेक्ट, खाँदबारी—किमाथांका सडक निर्माणधीन रहेकाले बाह्य पर्यटकहरुको आवागमन बाक्लो छ । त्यसलाई राम्रोसँगले होटल ब्याबसाय संचालन गर्दा प्रशस्त मात्रामा आम्दानी लिने सकिने भएकाले होटल ब्याबसाय संचालन र ब्यबस्थापन कुराहरु सिकाउन तालिमको आयोजना गरिएको बताएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा होटल एसोसिएसन (हान)का केन्द्रीय अध्यक्ष विनायक शाह, जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की लगायतको उपस्थिति रहेको थियो । उक्त तीन दिने तालिम मंगलबार तालिम होटल भेनस एण्ड लजमा समापन भएको हो ।